
काठमाडौँ, ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले जनाएको छ ।
बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसो बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे