
काठमाडौँ, १४ साउन ।क्यानडा अध्यानका लागी नेपालको अग्रणी शैक्षिक परामर्शदाता संस्था क्यान कन्सलटिङ्ग सभिसेसले क्यानडा अध्ययन सम्वन्धि महत्वपुर्ण इन्फरमेसन सेसन सफलतापुर्वक सम्पन्न गरेको छ ।
सेनेका पोलेटेक्नीकको बारेमा महत्वपुर्ण जानकारीहरु प्रदान गर्न बानेश्वर स्थित आफनै कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा क्यानडा अध्यनार्थ जान चाहाने विधार्थीहरुलाई क्यानाडाको शिक्षा प्रणाली, सेनेका पोलेटेक्नीका विविध कार्यक्रमहरू, अध्ययनका अवसरहरू र सेनेका पोलेटेक्नीमा नेपाली विद्यार्थीहरूले प्राप्त गरेका सफलता र सम्भावना लगाएतका विषयमा विस्तृत जानकारी प्रदान गरेको थियो ।
उत्त सेसनमा क्यानडामा अवस्थित सार्वजनीक शैक्षिक संस्थान सेनेका पोलेटेक्नीक र त्यहा सञ्चालीत कला, व्यवसाय, ईन्जिनियरिङ्, स्वास्थ्य विज्ञान, र प्रविधि सहित विभिन्न विषयहरूमा शैक्षिक कार्यक्रमहरू र पाठ्यक्रमहरूको विस्तृत जानकारी प्रदान गरीएको थियो।
ग्रेटर टोरन्टो क्षेत्रमा आफना थुप्रै क्यामपसहरु रहेको सेनेका पोलेटेक्नीकले व्यावहारिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई उद्योग–सान्दर्भिक सीपहरू प्रदान गर्ने गरेको छ जसले विश्वभरी यसको छवि उच्च बनाएको छ ।
इन्फरमेसन सेसनमा रिजनल बिज्नेस डिरेक्टर प्रसान्त श्रीवास्तवले विधार्थीहरुलाइ सेनेका पोलेटेक्नीकका सम्पुर्ण पक्षहरू र यसले प्रदान गर्ने सेवा सुविधाको बारेमा प्रकाश पार्नु भएको थियो ।
उहाँले क्यानडाको शिक्षा प्रणाली, उपलब्ध पाठ्यक्रमहरु, अध्ययन र अध्ययन पश्चातका अवशरहरुको बारेमा विस्तृत जानकारी प्रदान गर्नु भएको थियो । यसले विधार्थीहरुलाई आफनो सुनौलो भविष्य निर्माणार्थी मार्गनिर्देशन हुन सक्ने उहाले जानकारी दिनु भयो ।
क्यानले आफ्ना दक्ष र अनुभवि परामर्शदाताहरु बाट विधार्थी तथा अभिभावकहरुलाई गुणस्तरी परामर्श सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको छ ।
क्यानमा सुविधा सम्पन्न ल्याबहरु सुविधाहरु रहेका छन, त्यस्तै क्यनले आईएलटिस, पिटिइ जस्ता तयारी कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ ।
नयाँ बानेश्वर र पुतलीसडकमा दुई सुविधासम्पन्न कार्यालय रहेको क्यानले विद्यार्थीहरूलाई क्यानडामा अध्ययन गर्नको लागि आवश्यक सम्पुर्ण जानकारी प्रदान गर्ने गरेको छ जसले विधार्थीहरुको क्यानडा अध्ययन र बसाईलाई सहज बनाउने गरेको छ ।
पछिल्लो समय क्यानडा विधार्थी तथा अविभावकहरुको पहिलो रोजाइमा पर्ने शैक्षिक गन्तव्य बनेको छ । र क्यान कन्सलटिङ्ग सर्भिसेसले क्यानडा आधारीत शैक्षिक परामर्शलाई प्राथमिकता दिएकोमा क्यानडा अध्यनमा जान इच्छुक विधार्थी तथा तिनका अभिभावकहरुको पहिलो रोजाई क्यान कन्सलटिङ्ग सर्भिसेस बनेको संस्थाको दाबी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे