
काठमाडौँ, २७ असार ।यसै साता आई सिसिसि र पपुलर कन्सल्टेन्सीले काठमाडौंमा रहेको हार्दिक होटलमा संयुक्त रुपमा क्यानडा अध्ययनमा जाने विद्यार्थीहरुलाई प्रि डीपाचर सेसन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा आई सि सि चितवनका हेड प्रलाद अधिकारीले उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई वैदेशीक अध्ययनको सफल्ताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
आई सिसिसि का सिनीयर स्टुडेन्ट एड्भाईजर राम खड्काले क्यानडामा भिजा प्राप्त विद्यार्थीहरुलाई बधाई दिदै आउने दिनमा गुणस्तर शिक्षाको बारेमा जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रममा आई सिसिसि की सिनीयर काउन्सिलर सर्मीला अधिकारीले क्यानडा यात्राको क्रममा के कस्ता सामान बोक्ने र क्यानडा पुगेपछी त्यहाको फ्यासीलिटीजको बारेमा जानकारी दिएकी थिईन। साथै आई सिसिसिका म्यानेजर अमित श्रेष्ठले क्यानडाका विभिन्न कलेज तथा युनिभर्सिटीको बारेमा फरक रुल्स एण्ड रेगुलेसनको बारेमा विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए।
कार्यक्रममा आर सि आई सिकी कृती खनालले विद्यार्थीहरुलाई क्यानडा पुग्नु अघि बोक्नुपर्ने डकुमेन्ट र पि आर प्रोसेसीङको बारेमा प्रकाश पारेकी थिईन।
विद्यार्थीहरुको बाक्लो उपस्थीत रहेको कार्यक्रममा आफुहरुलाई प्रि डीपाचर सेसनबाट धेरै लाभ प्राप्त भयको बताएका छन।
कार्यक्रम सफल्ता पुर्व सम्पन्न भएको जानकारी दिदै सम्पूर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै धन्यवाद समेत व्यक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे