
काठमाडौँ, २२ असार । एसियाली क्रिकेट काउन्सिलले इमर्जिङ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । ५० ओभरको ढाँचामा खेलिने इमर्जिङ एसिया कप जुलाई १३ (२०२३) अर्थात असार २८ बाट सुरु हुनेछ। श्रीलंकाको घरेलु मैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल २३ जुलाईमा हुनेछ । प्रतियोगितामा भारत–ए, पाकिस्तान–ए, नेपाल, युएई–ए, श्रीलंका–ए, बंगलादेश–ए, अफगानिस्तान–ए र ओमान–एका टोली सहभागी हुनेछन् ।
यी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा श्रीलंका–ए, बंगलादेश–ए, अफगानिस्तान–ए र ओमान–ए रहेका छन् । समूह ‘बी’ मा भारत–ए, पाकिस्तान–ए, नेपाल र युएई–ए टोली परेका छन् । प्रतियोगिताको पहिलो खेल जुलाई १३ मा श्रीलंका–ए र बंगलादेश–एबीच हुनेछ । त्यस्तै, भारत–एले जुलाई १४ बाट युएई–एसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ। त्यस्तै, नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुने तालिका छ ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे