
काठमाडौँ, १३ असार।ललितपुर, कुसुन्ती स्थित माछापुच्छ्रे आई वि वल्ड स्कुलमा संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ माछापुच्छ्रे मोडल यूनाइटेड नेशन (एमएमयुन) कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
तीन दिन सम्म आयोजना गरेको माछापुच्छ्रे मुन कार्यक्रममा सहभागी विद्यार्थीहरुले संयुक्त राष्ट्र संगठनको अवधारणा र अभ्यासको विषयमा ज्ञान हासिल गर्न सफल भएका छन ।
विभिन्न सत्रमा कार्यक्रम सञ्चालन गर्नका लागि चार वटा कमिटीहरु निर्माण भएको थियो।
बिहिबार, शुक्रबार र आइतबारको सत्रमा संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयोग ले असहिष्णुता, भेदभाव, र धर्म वा विश्वासको आधारमा व्यक्ति विरुद्ध हिंसाको लागि उक्साउने संयोजन, संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनले कृषिमा जलवायु परिवर्तनको लागि लचिलोपनलाई बलियो बनाउने, संयुक्त राष्ट्रसंघीय महिला नियोगले इरानमा हिजाब विद्रोहको सन्दर्भमा महिला अधिकारको स्थिति र संयुक्त राष्ट्र सुरक्षा परिषद ले मध्य पूर्वको अवस्था: प्यालेस्टाइन प्रश्न सम्बन्धि एजेन्डामा रहि विधार्थीहरुले आफ्नो परिषद् मार्फत बृस्तृत छलफल गरी तार्किक भनाइहरु प्रस्तुत गरेको माछापुच्छ्रे मुनका सल्लाहकार तथा विद्यालयका प्रिन्सिपल सम्पूर्ण देवापाटेले जानकारी दिए ।
तिन दिन भएको छलफल सत्रको निष्कर्षको रुपमा हरेक कमिटीहरुले आफ्नो संकल्प पत्र तयार पारेका थिए ।
विद्यालयका प्रिन्सिपल देवापाटेले मुनकार्यक्रमले विद्यार्थीहरुको नेतृत्व विकास, कुटनीतिक सीपको विकास, वाक कलाको सीपको विकासलगायतको सीप विकास हुने बताउनु भयो। विद्यालयमा सम्पन्न समापन कार्यक्रममा विभिन्न समितिका उत्कृष्ट प्रतिनिधि विद्यार्थीहरुलाई खादा र मेडल ले सम्मान गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे