
काठमाडौँ,२४ जेठ । ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसनले सन् २०२४ इन्टेकमा क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि क्यानडामा खेलकुद मूल्याङ्कन कार्यक्रमको आयोजना गर्दै जुन ८, २०२३ मा दिउँसो १२ बजेदेखि १ बजेसम्म ललितपुरको कुमारीपाटीस्थित आफ्नो कार्यालयमा स्टडी इन क्यानाडा अन स्पट इभ्यालुएशन कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले रिज्नल रिक्रुटमेन्ट म्यानेजर अफ साउथ एसिया निशा डर्मवालबाट क्यानाडामा अल्गोमा विश्वविद्यालयका अद्भुत अवसरहरू र अध्ययनका बारेमा थप जानकारी प्राप्त गर्ने भएका छन्।
गत दस वर्षमा, क्यानाडाले उच्च शिक्षाको क्षेत्रमा विदेशी गुणस्तरिय शैक्षिक अनुभव प्रदान गर्दै आकर्षित गरिरहेको छ।क्यानाडा कम लागत र उच्च जीवनस्तर र गुणस्तरिय शिक्षाको संयोजनका कारणले विद्यार्थीहरु आकर्षित भईरहेको बताइएको छ।
क्यानडामा विद्यार्थीहरूले उत्कृष्ट शैक्षिक अनुभवका साथै इन्टर्नशिप र जागिरका लागि धेरै अवसरहरू प्राप्त गर्ने गरेका छन्।
अल्गोमा विश्वविद्यालय, १९६५मा स्थापना भएको संस्था हो जस्ले क्रस-सांस्कृतिक शिक्षामा फोकस अल्गोमा विश्वविद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई आफ्नो व्यवसायिक क्यारियरहरू रोजन र आफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्न सशक्त बनाउने विश्वास गरिएको छ।।
अल्गोमा विश्वविद्यालयले विद्यार्थीहरूलाई सिक्न, बढ्न र अर्थपूर्ण कनेक्सन बनाउनको लागि अन्तरक्रियात्मक वातावरण प्रदान गर्नेछ।
उच्च गुणस्तरिय शिक्षा प्रदान गर्दै एल्गोमाले विद्यार्थीहरु तथा स्नातकहरूलाई बहुमूल्य क्रस-सांस्कृतिक अनुभव र उत्कृष्ट नेतृत्व कौशलहरू डेभलप गर्न मद्दत गर्नेछ।
कार्यक्रम आयोजना गर्ने ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसन एक विश्वसनीय शैक्षिक परामर्शदाता हो, जसले विद्यार्थीहरूलाई युके, क्यानडा, अष्ट्रेलिया, अमेरिका र न्यूजील्याण्ड जस्ता प्रसिद्ध देशहरूमा अध्ययन गर्न उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे