
काठमाडौँ, वैशाख २४ ।पुतली सडकमा रहेको रियल ड्रिम्स एजुकेसनल कन्सल्टेन्सीले आर्यना बुटिक होटलमा बेलायतको शैक्षिक संस्थाहरू प्रवर्द्धन गरीरहेका शैक्षिक परामर्श व्यवसायीहरूलाई लक्षित गरी एक ईन्फर्मेसन सेसन सम्पन्न गरेको छ।
ऊक्त सेसनमा बर्मिंघम सिटी युनिभर्सिटी ईन्डियाकी स्टुडेन्ट रिक्रूटमेंट अफिसर सृस्टी विरलाले उपस्थित सम्पूर्ण सहभागी शैक्षिक परामर्श व्यवसायीहरूलाई बर्मिंघम सिटी युनिभर्सिटीमा पढाइ हुने कोर्स जस्तै ल,एम बि ए ,एम एस सी एकाउन्टीङ ,फाइनान्स एम एस सी ईन मार्केटीङ ,एम एस सी इन ह्युम्यान रिसोर्स म्यानेजमेन्ट, बि ए इन बिजिनेस, एकाउन्टीङ ईकोनमिक्स मीर्केटीङ साइकोलोजी क्रिमीनोलोजी सोसीयोलोजी जस्ता विषयहरू र त्यहाको फ्यासीलिटीज र स्कलरसीप साथै फि स्टक्चर वारेमा जानकारी गराएकी थिईन।
ईन्डीया,नेपाल,श्रीलङ्की हेड अफ अप्रेशन एण्ड रिक्रूटमेंट डिसा गुप्ताले बर्मिंघम सिटी युनिभर्सिटीको बारेमा एजेन्टहरूलाई परामर्शप्रदानगरेकी थिईन। सेसनमा शैक्षिक परामर्श व्यवसायीहरूले आफ्ना जिज्ञासाको जवाफ लाई प्राप्त गरेका थिए, भने सेसनबाट धेरै लाभ मिलेको भन्दै सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई रियल ड्रिम्सका डाइरेक्टर वसन्त नेपालले धन्यवाद व्यक्त गर्नुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे