
काठमाडौं, वैशाख २० | आर वि एस इन्टलेक्ट र स्टुडेन्ट सर्भिस सोलुसन को संयुक्त प्रयासमा स्ट्डी इन न्युजिल्यान्ड इन्फरमेसन सेसनको आयोजना गरीएको छ। स्टुडेन्ट सर्भिस सोलुसन सुबिधानगरमा आयोजना गरीएको उक्त इन्फर्मेसन सेसनमा आर वि एस इन्टलेक्टका डाइरेक्टर भरत चाउलाले आर वि एस इन्टलेक्ट संग भएका न्युजिल्यान्डका उत्कृष्ट युनिभर्सिटी, कलेज, पोलिटेक्निक इष्टीच्यूटहरूको बारेमा जानकारी सहजै प्राप्त गर्न सकीने समेत पाट्नरहरु लाई जानकारी गराउनु भयो।
स्टुडेन्ट सर्भिस सोलुसनका डाइरेक्टर सुदीप केसीले कार्यक्रममा उपस्थित सम्पूर्ण पार्टनरहरूलाई धन्यबाद ब्यक्त गर्दै न्युजल्याण्डमा भएको शिक्षाको अवसर लाई बिध्यार्थी अभिभावकलाई सामु प्रस्तुत गर्न यो भेन्चर निकैनै उपयोगी हुने बताउनु भयो। कार्यक्रमको महत्व र आवश्यकता माथि प्रकाश पार्दै नेपाल शैक्षिक परामर्श संघ इक्यानका उपाध्यक्ष कृष्ण कुमार केसीले न्युजिल्यान्डका उत्कृष्ट विश्वविद्यालय कलेज र पोलिटेक्निक इष्टीच्यूटको बारेमा आर वि एस इन्टलेक्टको फेर्न्चाइज संस्था स्टुडेन्ट सर्भिस सोलुसन ले नेपालमा सेवा दिइरहँदा जो संग न्युजिल्यान्डका युनिभर्सिटी कलेजको सम्बन्धन छैन तिनीहरूलाई यो भेन्चरले सहयोग गर्ने कुरा ब्यक्त गर्नु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे