
काठमाडौँ, १८ बैशाख। रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले सप्ताहको दोस्रो दिन एजेन्ट मिट अप सेसन आयोजना गरेको छ ।
नक्साल अवस्थित आर्याना बुटिक होटलमा रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले एजेन्ट मिट अप सम्पन्न गरेको हो । उक्त कार्यक्रम रियल ड्रीम्सका डाइरेक्टर बसन्त नेपालले बेलायतको एजुकेशन सिस्टममा आएको परिवर्तन, भिजा प्रोसेसीङ, बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूको बारेमा युनिभर्सिटीकै प्रतिनीधीलाई च्यानल पाट्नरहरूसंग साक्षात्कार गराउने उदेश्यका साथ मिट अप सेसन सम्पन्न गरियो।
एजेन्ट मिट अप मार्फत युनिभर्सिटी अफ इष्ट लन्डनका स्टुडेन्ट्स रिक्रूटमेंट एड्भाइजर प्रतीक गुप्ताले बेलायतको एजुकेशन सिस्टम र आफ्नो युनिभर्सिटीका बारेमा साझेदार एजेन्टहरुलाई जानकारी ब्यक्त गराउनु भयो।
ब्रिटिस एजुकेशन सिस्टमको बारेमा विध्यार्थीलाई ताजा अपडेटड गराउन सप्ताह व्यापी इन्फरमेशन सेसन आयोजना गरेको र विध्यार्थीहरुले विभिन्न युनिभर्सिटी जस्तै युनिभर्सिटी अफ बेष्ट लण्डन, युनिभर्सिटी अफ इष्ट लन्डन, बर्मिङ्घम सिटी युनिभर्सिटी, युनिभर्सिटी अफ वेर्केष्टर र सेन्ट जोन युनिभर्सिटीका बारेमा रीएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीबाट जानकारी लिन सकिने सिनीयर मार्केटिङ डिरेक्टर, अर्जुन शर्मा ले जानकारी गराउनु भयो ।
एजेन्ट मिट अप मा एजेन्टले राखेका बिभिन्न जिज्ञासाहरूलाई आयोजकहरूले जवाफ दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे