
काठमाडौं, वैशाख १५ ।नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको “वैदेशिक अध्ययन स्विकृती सम्वन्धि निर्देशिका २०७९” (NOC) एव्म प्रस्तावित भनिएको नियमावलिका सम्वन्धमा शैक्षिक परामर्श व्यवसायी महासघंहरुबाट संयुक्त पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ति जारी गरिएको छ।
निर्देशिकामा भएका उल्लेखित गम्भिर कमी कमजोरीहरुको गम्भिर रुपमा सम्वोधन गरिंदै सम्वन्धित सबैको अर्थपुर्ण सहभागीतामा सो निर्देशिकालाई तत्काल खारेज गरियोस भनि हामी जोडदार माग गरिएको छ साथै नियमावलिको सम्बन्धमा छलफल गर्न समेत अनुरोध गरिएको छ।
नेपाली विद्यार्थी तथा अभिभावकहरुका हित विपरित एवम नागरिकको शिक्षा प्राप्त गर्न पाउने संम्बैधानिक नैसर्गिक अधिकार समेतलाई कुण्ठित गर्ने गरि जारि गरिएको निर्देशिकाका विरुद्ध तिव्र प्रतिरोध गर्न हामि बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे