
काठमाडौँ , बैशाख १४ |पुतलीसडक डिल्लीबजारमा अवस्थित बिज एजुकेशनले हालै अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि इन-हाउस इन्फर्मेसन सेसनको आयोजना गरेको छ ।
अष्ट्रेलियाका विभिन्न कलेज र विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई उपलब्ध पाठ्यक्रमहरू, छात्रवृत्तिहरू र शैक्षिक सुविधाहरूको बारेमा परामर्श प्रदान गरे। सेसनमा विद्यार्थीहरूको ठूलो सहभागिता थियो ।
सेसनमा ECA अन्तर्गतका भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, लन्डन मेट्रोपोलिटन युनिभर्सिटी, स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, एटीएमसी र एटीएमसी संग भए का पाथवे प्रोग्राम अन्तर्गत फेडरेसन युनिभर्सिटी र वेष्टन सिड्नी युनिभर्सिटी, चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेशन र स्टेनली कलेजलगायत विभिन्न शैक्षिक अवसरहरू समेटिएको थियो।
उक्त इन्फर्मेसन सेसनको उद्देश्य विद्यार्थीहरूलाई अष्ट्रेलियामा उपलब्ध शैक्षिक अवसरहरू, पाठ्यक्रमहरू, छात्रवृत्तिहरू र सुविधाहरू लगायतका बारेमा परामर्श प्रदान गर्ने थियो। अष्ट्रेलियाका विभिन्न कलेज र युनिभर्सिटीका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई सत्य तथ्य जानकारी गराउन उपस्थित एटीएमसीका बिजनेस डेभलपमेन्ट म्यानेजर नारायण गौतमले एटीएमसी पाथवे प्रोग्रामको बारेमा जानकारी दिए, जसले विद्यार्थीहरूलाई वेस्टर्न सिड्नी युनिभर्सिटी र फेडरेसन युनिभर्सिटीमा जाने बाटो प्रदान गर्दछ। एजुकेशन सेन्टर अस्ट्रेलिया (ECA)की इन्टरनेशनल रिक्रूटमेन्ट म्यानेजर सपना थपलियाले विद्यार्थीहरूलाई भिक्टोरिया युनिभर्सिटी, वेष्टन सिड्नी युनिभर्सिटी, लन्डन मेट्रोपोलिटन युनिभर्सिटी र स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी लगायत इसीएका आफ्ना क्याम्पस हरूका बारेमा जानकारी दिनुभयो।
चर्चिल इष्टीच्यूट नेपाल प्रतिनिधि विजय शर्माले चर्चिल इन्स्टिच्युटमा उपलब्ध पाठ्यक्रम तथा छात्रवृत्तिका बारेमा जानकारी दिनुभयो ।
स्टेनली कलेजका रिजनल रिक्रूटमेंट मेनेजर अभिमन्यु देवकोटाले स्टेनली कलेजले प्रदान गर्ने पाठ्यक्रम र सुविधा सहित पर्थ र एडिलेडका अवसरहरूबारे जानकारी दिए। सूचना सत्रमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको र बिज एजुकेशन सिड्नी अस्ट्रेलियाका निर्देशक कृति केसीले कार्यक्रम भव्य र सभ्य बनाउनका लागि विद्यार्थी तथा प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
समग्रमा, बिज एजुकेशनद्वारा आयोजित इन-हाउस इन्फरमेसन सेसनले विद्यार्थीहरूलाई अष्ट्रेलियामा उपलब्ध शैक्षिक अवसरहरूको बारेमा जान्न र विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूबाट प्रत्यक्ष परामर्श प्राप्त गर्ने अवसर प्रदान गरेको आयोजकले जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे