
काठमाडौँ, २७ चैत ।‘इस्टडी इन अब्रोड ‘ भन्ने मूल नाराका साथ आगामी मंगलबार राजधानीमा दोस्रो अब्रोड एडमिशन डे आयोजना हुने भएको छ ।
नोभा एडुकेशन एण्ड कन्सल्टिङ सर्भिसेज ले चैत्र २८ गते मंगलबार बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म काठमाडौँको पुतलीसडक शंकरदेव क्याम्पस चौक ट्रिनिटी हाउसको भुइँ फ्लोरमा रहेको नोभा एडुकेशन एण्ड कन्सल्टिङ सर्भिसेज को अफ्न्नै कार्यालयमा आयोजना गर्न लागेको एडमिशन डे मा अस्टेर्लिया र क्यान्डा मा विभिन्न बिषयमा पढ्न चाहने विध्यार्थीहरुको लागि विभिन्न कलेज र युनिभर्शिटिज को सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ।
दोस्रो अब्रोड एडमिशन डे यस वर्ष कक्षा ११,१२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परिक्षा सकेर बसेका साथै ब्याचलर र मास्टर का हजारौ विध्यार्थीहरुको सहभागिता रहने नोभा का कार्यकारी निर्देशक रमण कोइरालाले बताउनुभयो।
एडमिशन डे मा छात्रवृत्ति ,पोष्ट स्टडि, दैनिक कार्य अवधि जिवनशैलिका बारेमा अष्ट्रेलिया र क्यानडा त्यस्को नयाँ नियमका बारेमा पनि जानकारी दिईने छ।
सहभागीहरु मध्ये भाग्यशालीलाइ गिपm्ट हम्पर को पनि व्यवस्था गरिएको छ। यो एडमिशन डे मा विध्यार्थी अष्ट्रेलिया र क्यानडा जान आवस्यक शैक्षिक परामर्श निस्शुल्क लिन पाउने र थुप्रै उपहारका साथ छात्रवृत्तिको पनि व्यवस्था भएको आयोजकको भनाई छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे