
जुम्ला, २४ चैत। नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले विदेशीको इसारामा बनेको गठबन्धनबाट मुलुक बन्न नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) कर्णाली प्रदेशद्वारा विहीबार कर्णाली प्रचार भेलामा उपमहासचिव गुरुङले विदेशीको पाउमा पर्ने वर्तमान गठबन्धन सरकारले मुकुलको हितमा कुनै काम नगर्ने वताउनुभयो ।
उपमहासचिव गुरुङले कांग्रेसको पाउमा पर्ने पार्टी कम्युनिस्ट हुनै नसक्ने वताउँदै उनीहरू कम्युनिस्ट आन्दोलनका गद्दार भएको आरोप समेत लगाए ।
नेकपा (एमाले) ले देश बनाउने नेतृत्व गरेका कारण नै देशी–विदेशी प्रतिक्रियावादीले घेराबन्दी गरेको उनको आारोप थियो । उपमहासचिव गुरूङले कर्णालीका जनतालाई माओवादीले निरन्तर धोका दिइरहेको समेत बताए ।
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्यद्वय गोरखबहादुर बोगटी र डा. शिबमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्यद्वय बिष्णु रिजाल, नगेन्द्र शाही नेशनल, नेकपा (एमाले) जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत, एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र एमाले केन्द्रीय प्रचार बिभागका सदस्य टीका बिष्टले धारणा राखेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे