
ललितपुर , चैत १९ ।किड्जी भैसीपाटीको प्रथम अभिभावक दिवस सम्पन्न व्यावहारिक र क्रियाकलापमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विगत चार महिनाअघि स्थापना भएको किड्जी भैसीपाटीले अभिभावक दिवस सम्पन्न गरेको छ। डाइरेक्टर आसा कार्की बिष्ट, कोडिनेटर रञ्जना बिष्ट, किड्जी बानेश्वरका डाइरेक्टर तथा किड्जी नेपालका अप्रेशन हेड गोविन्द गैरीया लगायत बिध्यार्थी, अभिभावकको बाक्लो उपस्थित रहेको थियो।
किड्जी सातदोबाटोकी डाइरेक्टर सिबु लम्साल बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ। प्ले गु्रप-नर्सरी, प्रि वान र प्रि टु सम्म अध्ययन हुने विद्यालयमा बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
बालबालिकाको प्रस्तुतिबाट प्रभावित भई प्रमुख अतिथि किड्जी बानेश्वरका डाइरेक्टर तथा किड्जी नेपालका अप्रेशन हेड गोविन्द गैरीयाले सिकाइलाई व्यावहारिक पक्षलाई जोड दिएकोमा विद्यालयको प्रशंसा गर्नु भएको थियो।
किड्जी सातदोबाटोकी डाइरेक्टर सिबु लम्सालले विद्यालयका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ उत्तरोतर प्रगतिको कामना गर्नु भयो। अभिभावकले विद्यालयले सर्वपक्षीय क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाएकाले बालबालिकाको चिन्ताबाट मुक्त रहेको बिचार ब्यक्त गर्नु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे