
ललितपुर , चैत १९ ।माछापुच्छ्रे आइ वि वर्ल्ड स्कुलले प्री प्राइमरी र प्राइमरी पास भएका बिध्यार्थीहरूलाई लक्षित गरी दीक्षान्त समारोह आयोजना गरेको छ।
कार्यक्रममा कक्षा पाँचकी क्लास टिचर सुस्मा सिजापती ले विद्यार्थीहरूलाई सुभकामना प्रदान गर्नु भयो।
स्कुल परिवारहरूको बाक्लो उपस्थितिमा विद्यार्थीको पढाइ र बौद्धिक क्षमता वृद्धि बिकासको उच्च कदर गर्दै उनिहरूलाई भविष्यमा पनि यसरी नै सफलतापूर्वक आफ्नो ब्यक्तीत्व बिकासमा लाग्न माच्छापुच्छे आइ वि वर्ल्ड स्कुलका एकेडेमीक डिरेक्टर सम्पूर्ण देवपाटेले कार्यक्रम मार्फत उत्पेरणा प्रदान गर्नु भयो ।
माच्छापुच्छे आइ वि वर्ल्ड स्कुलका अभिभावकहरूले दीक्षान्त समारोहमा बिध्यालयको शिक्षण पद्दतीले बिध्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउन सफल भए को अनुभव सुनाए।
ललितपुरको कुसुन्तिमा अवस्थित आफ्नै प्राङगणमा कार्यक्रम भव्य, सव्य र मर्यादित तबरबाट सम्पन्न भएको बिध्यालयले जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे