
काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग खेलिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो पावरप्ले नसकिँदै तीन विकेट गुमाएको छ । दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई शून्य रनमा आउट भए भने पाचौँ ओभरमा कुशल भुर्तेल पनि ८ रन बनाएर आउट भए । यस्तै कुशल मल्ल आठौँ ओभरमा ९ रन बनाएर आउट भए । उनी जुनैद सिद्धिकीको बलमा मुहम्मद वासिमको हातबाट क्याच भए ।
समाचार तयार पार्दासम्म नेपालले २० ओभरमा मात्र ६३ रन बनाउन सकेको छ । अहिले क्रिजमा कप्तान रोहित कुमार पौडेल र भीम शार्की रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे