
काठमाडौं : आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज नेपालले आज पपुवान्युगिनी पीएनजीसँग खेल्दैछ। टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङग् गर्ने भएको हो। खेल बिहान साढे ९ बजे सुरु भएको हो।
त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २–२ खेल खेल्नेछ।
फागुन २८ मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ। फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग टूको अन्तिम खेलमा नेपालले चैत २ मा यूएईसँग खेल्नेछ।
नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भएको छ। पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने युएईले नेपालविरुद्ध ६८ रनको जित निकाल्यो। तेस्रो खेलमा नेपालले पपुवान्युगिनीलाई ३ विकेटले हराउँदै ६ अंक जोडेको हो।
नेपाली टिमले पछिल्ला ८ खेलमा ७ जित निकाल्न सफल छ। अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अंक बटुलेको थियो। अब हुने सिरिजमा दुई खेलमा मात्र जित निकाले नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ।
यदी नेपाले सिरिज क्लिनस्विप गरेमा नेपाल शीर्ष तीनमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर्समा स्थान बनाउन सफल हुनेछ।
नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जित्ने र युएईले दुई खेलमा मात्र जित निकाल्ने अवस्था आए नेपाल शीर्ष तीनमा रहने छ भने युएईले शीर्ष पाँचमा रहे अमेरिकासँग नेट रनरेटमा भर पर्नु पर्नेछ। अमेरिकाको शीर्ष पाँचको भविष्य पनि नेपालकै नजितामा निर्भर रहनेछ।
अंक तालिकामा नेपालले ३२ खेलमा ३२ अंक बनाएको छ। समान ३२ खेल खेलेको युएईको ३१ अंक छ। नेपाल पाचौं स्थानमा उक्लिदा युएईभने छैटौं स्थानमा झरेको छ। सातौं स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ। ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ।
स्कटल्याण्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ। बाँकी चार टिमको भविष्य निर्धारण लिग टूको अन्तिम सिरिजले नै गर्नेछ।
नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालले १४० रन हुँदा तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र ११ रनमा आउट भए । यसअघि कुशल भुर्तेल ४५ र कुशल मल्ल दुई रनमा आउट भएका थिए ।
टीयू क्रिकेट मैदानमा कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । अहिले क्रिजमा ओपनर आसिफ शेख र कप्तान रोहितकुमार पौडेल खेलिरहेका छन् ।
पपुवा न्युगिनीका रिलेय हेकुरेले तीन विकेट लिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे