
काठमाडौँ, १८ फागुन । क्यारियर लिफ्टर्स र म्याक्सवे इन्टरनेशनलको सहकार्यमा १७ फेब्रुअरी २०२३ मा इन्टरनेसनल एजुकेसन एक्सिलेन्स एक्जीवीसन आयोजना गरेको थियो।
कार्यक्रममा २०+ विद्यालय र कलेजका विद्यार्थीहरूले न्युनतम लागतमा सृजनात्मक प्रोजेक्ट सहित भाग लिएका थिए।
विद्यार्थीहरूले विभिन्न प्रोजेक्टहरूप्रति ठूलो उत्साह देखाए।
इलिनोइस इन्स्टिच्युट अफ टेक शिकागोकी नेहल सिक्वेरिया, विजयभूमि विश्वविद्यालय भारतका आकाश आशेस र हल्ट इन्टरनेशनल बिजनेस स्कूलकी शेफाली सुर्वेले विद्यार्थीहरूलाई प्रोजेक्टमा झै आफ्नो भविष्यमा अझ राम्रो गर्न उत्प्रेरित गरेका थिए।
उत्कृष्ट प्रोजेक्टहरू प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
LI-FI परियोजनाका लागि लुम्बिनी एकेडेमीलाई २१ हजार रुपैयाँको प्रथम पुरस्कार प्रदान गरिएको छ ।
स्मार्ट डोकोको लागि ११ हजार रुपैयाँको दोस्रो पुरस्कार सान्तोना कलेजलाई प्रदान गरिएको छ । रु ५१०० को तेस्रो पुरस्कार स्मार्ट सिटी र नि:शुल्क उर्जाका लागि ट्राइटन इन्टरनेशनल कलेजलाई प्रदान गरिएको छ ।
गोल्डेन गेट कलेजबाट दुई परियोजनालाई नगद २१०० विशेष पुरस्कार र सान्त्वना पुरस्कार पनि प्रदान गरिएको थियो ।
विद्यार्थीलाई उत्प्रेरित गर्न विजयभूमि विश्वविद्यालयले ६ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति समेत दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे