
काठमाडौँ, १२ फागुन । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनविरुद्ध पुनरावेदन दर्ता गराएका छन्। हिजो बिहीबार अपराह्न साढे ४ बजे सर्वोच्च अदालत पुगेर पुनरावेदन दर्ता गराएका हुन्।
उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटी र १० सर्त सहित पुस २९ गते रिहा गरेको थियो। शर्तसहित रिहा भएका सन्दिपलाई क्यानले निलम्बन फुकुवा गरी नेपालमा भएको नामिबिया, स्कटल्यान्ड र नेपाल बिचको आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजको एकदिवसिय खेल खेलेका थिए । तर उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान प्रतिबन्ध लगाएको थियो। उक्त विषयलाई लिएर सन्दीपले सर्वोच्च अदालतमा पुनरावेदन दिएका हुन्।
सन्दिपले विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्यधिक भएकाले घटाउन र दोषी ठहर नहुँदै विभिन्न सञ्चार माध्यमले अपराधिका रुपमा चित्रित गरिएको भन्दै हिजो सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।
महान्याधिवक्ताको कार्यालयले अन्तिम टुङगो नलागेसम्म रिहा गर्न नहुने भन्दै उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गराएको छ । उक्त पुनरावेदनको पेसी पनि आज तोकिएको छ।
आजको दुबै पेसीमा सुनुवाई गर्दै सर्वोच्चले सन्दिपलाई उच्चले लगाएको १० शर्त हटाएमा उनी यूएईमा हुने खेलमा सहभागि हुने बाटो खुल्नेछ ।
सन्दीपले नेपालमा हालै भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा उत्कृष्ट पुनरागमनसहित १३ विकेट लिएका थिए ।
नेपाल, यूएई र पीएनजीबीच आगामी साता यूएईमा सिरिज हुँदैछ । नेपालले युएईमा पपुवान्युगिनी र युएईसँग २/२ खेल खेल्नेछ।
क्यानले जारी गरेको नेपाली राष्ट्रिय क्रिकेट टिममा उनी परेका छैनन् । नेपालले आगामी सोमबार पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने तालिका छ।
सो मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा १५औँ नम्बरमा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे