
काठमाडौँ, ८ फागुन । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचनको लागि मिति तोकिएर रस्साकस्सी तिब्र भएको बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार जनाको नाम सुझाव स्वरुप दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल मार्फत मनिले इमान्दारिता र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्तिहरू भन्दै ४ जनाको नाम दिएका हुन् ।
राष्ट्रपतिको लागी दवेन्द्रराज पाण्डे, प्रा बराल, दमन ढुंगाना, अनुराधा कोइराला योग्य भएको मुनिको तर्क छ ।
उनले सामाजिक सञ्जालमा भनेका छन्:
नेपालमा सहमतिको नयाँ राष्ट्रपतिको माग जायज छ । दवेन्द्रराज पाण्डे, प्रा बराल, दमन ढुंगाना, अनुराधा कोइराला जस्ता निर्दोष इमान्दारिता र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्तिहरू राजनीतिक वर्गले मान्न योग्य छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे