
काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई देशबाहिर सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न सिफारिस भएको छ ।
कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका हुन् ।
गएराति काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा चन्द्र भण्डारी र उनकी आमाको शरीरमा आगो सल्किएको थियो ।
अस्पतालले सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सुझाव दिए पनि उनले भेटघाट गर्नेहरुसँग आफू उपचारका लागि अर्को मुलुक नजाने अडानमा थिए ।
उनीहरूलाई कीर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको छ। सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे