
काठमाडौँ ,२२ माघ |दि लार्जेस्ट युके एजुकेसन फेयर भब्यताका साथ काठमाडौंको र्याडीसन होटलमा सम्पन्न, मेलाको पहिलो दिन ७४१ बिध्यार्थीहरूले मेला भ्रमण गरे ।
एसआई-युके नेपालले आयोजना गरेको दि लार्जेस्ट युके एजुकेसन फेयर भब्यताका साथ काठमाडौंको र्याडीसन होटल र पोखरामा सम्पन्न भएको छ।
७४१ जना बिध्यार्थीहरूले काठमाडौं र ३२५ जना बिध्यार्थीहरूले पोखराको मेला भ्रमण गरेको आयोजकले जनाएको छ।
काठमाडौंमा ३० र पोखरामा २० भन्दा बडी बेलायतमा अवस्थित उत्कृष्ट विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरूको उपस्थिती रहेको थियो।
फेब्रुअरी ४ तारिख काठमाडौं र ५ गते पोखराको सिटी स्क्वायरमा २० भन्दा बढी युनिभर्सिटीका प्रतिनीधी सहित दि लार्जेस्ट युके एजुकेसन फेयर हुने आयोजकले जनाएको थियो ।
मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्याण्डका ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहेको थियो।
एसआई-युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेशन फेयर भएको बताउँदै बेलायत र आयरल्याण्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरका बारेमा जानकारी पाएको आयोजक ले जानकारी गराएका छन्।
एसआई-युके अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीहरूलाई युकेमा उच्च शिक्षा हासिल गर्न सहि परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे