
काठमाडौं, माघ २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकार नछोड्ने भएको छ ।
पार्टीको बिहिबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको हो ।
बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् । बहुमत सदस्यहरुको अडानकै कारण रास्वपाले दुई दिनको समय दिँदै तत्काल उच्चस्तरीय संयन्त्रको बैठक राख्न माग गरेको छ । बैठकले गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई २ दिनको समय दिएको छ ।
बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरी आवेसमा निर्णय नलिन सुझाव दिएका थिए ।
दुबै नेताले २ दिनको समय मागेकाले पर्खिने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे