
हब इन्टरनेशनल एजुकेशनले आफ्नै भवनबाट सेवा सञ्चालन गदै भव्य रुपमा उद्घाटन सप्ताह आयोजना गरेको छ। माघ २२ देखि २७ गतेसम्म यो कार्यक्रम शैक्षिक क्षेत्रका दिगज ब्यत्तित्व लगायत संस्थालाई माया गर्नु हुने सवै सगँ साक्षात्कार गरी सम्मापन हुने आयोजकले बताएका छन् ।
हालै आफुले प्राप्त गरेको इट्रर्पेनियोरशिप इन इन्टरनेशनल एडुकेशन विषयमा गरेको विध्यावारिधिले आफुले अन्तराष्ट्रियस्तरमा नेपालको शैक्षिक क्षेत्रलाई वलियो वनाउन थप मद्दत गर्ने विश्वास लिएको खड्काले वताएका छन्।
पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि मान्यता प्राप्त गरिसकेकोले आफ्नै भवनबाट सेवा प्रारम्भहुदाँ दिगो सेवामा समर्पित हुन सकेको विश्वास दिलाउन पनि चाहन्छन्, खड्काजी ले।
१७ वर्षभन्दा बढी शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेको हब इन्टरनेसनल एजुकेसनले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गरिसकेको छ । पछिल्लो समय हबले बेलायतको लन्डनमा आफ्नो शाखा कार्यालय खोलेको थियो । यसअघि अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स र भियतनाममा कार्यालय सन्चालन गरिसकेको हबले लन्डनमा आफ्नो कार्यालय खुलेपछि अब भने चाँही नेपालमा आफ्नै भवनबाट स्थाई रुपमा सेवा दिने भएको छ।
कन्सल्टेन्सीको नयाँ भवनमा विभिन्न एजेन्ट, विभिन्न परामर्शदाताका प्रतिनिधि र सरोकारवालालाई निमन्त्रणा गरिएको छ। हब इन्टरनेशनल एजुकेशनका अध्यक्षले नयाँ भवनमा उत्साहित हुदै उच्च प्रविधियुक्त सेवा उपलब्ध गराउने बताए ।
“१७ वर्षको सेवा सञ्चालन पछि, हामीले अन्ततः हात्तिसरमा आफ्नै ठाउँ बनाउन सफल भएका छौं। बागबजार सधैंभरि हाम्रो हृदयमा रहनेछ तर हात्तीसार अहिले हाम्रो वर्तमान हो, यसले हाम्रो विकास र उचाईको सकेत गर्ने छ,अध्यक्ष खड्काले भने।
कन्सल्टेन्सीको नयाँ भवनमा आइपुग्दासम्म विभिन्न एजेन्ट, परामर्शदाताका ,प्रतिनिधि र सरोकारवालाबाट माया शुभकामना पाउँदा खुसी हुदै खड्काले आगामी दिनमा यसै भवनबाट अझै विश्वसनीय तथा लाभदायी सेवा सञ्लाचलन गरी विध्यार्थी अभिभावक लगायत सवैमा धन्यवाद समेत ब्यक्त गर्नु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे