
कारोबार एपका समिर फुयाँलले ग्लोबल स्टुडेन्ट इन्टरप्रिन्योर अवार्ड २०२३ जितेका छन् । राजधानीको सिल्भर ओकमा भएको फाइनलमा उनले १ लाख ५० हजार रुपैयाँको मुख्य पुरस्कार हात पारेका हुन् ।
त्यसैगरी, मुसुर नेपालकी सोनी पोखरेल र एफिभर्स टेक सर्भिसेज प्रालिका निर्माण खड्काले क्रमशः पहिलो र दोस्रो रनरअपको उपाधि जिते । उनीहरूले क्रमशः ५० हजार र २५ हजार प्राप्त गरे ।
प्रतियोगितामा नेपालभरका विद्यार्थी उद्यमीहरूको सहभागिता थियो भने १९ जना प्रतियोगी राष्ट्रिय सेमिफाइनलमा पुगेका थिए । त्यस्तै, ६ जना मात्रै राष्ट्रिय फाइनलमा प्रवेश गरेका थिए ।
मिड-भ्याली इन्टरनेसनल कलेज र उद्यमी सङ्गठन नेपालले संयुक्त रूपमा जीएसईए राष्ट्रिय प्रतियोगिता २०२३ आयोजना गरेको थियो । जीएसईए उद्यमी संगठन (ईओ) द्वारा आयोजित वार्षिक विश्वव्यापी प्रतियोगिता हो । यसले विद्यार्थी उद्यमीहरूलाई सल्लाह दिएर, उनीहरूलाई अन्य समान विचारधाराका साथीहरूसँग जोडेर र उनीहरूको व्यवसायलाई कसरी वृद्धि गर्न मद्दत गर्ने भनेर सल्लाह दिएर उनीहरूलाई समर्थन र पहिचान गर्दछ ।
प्रतियोगिता राष्ट्रिय, क्षेत्रीय र ग्लोबल गरी तीन राउण्डमा हुने गर्छ । राष्ट्रिय र क्षेत्रीय प्रतियोगिताहरूको शृङ्खलामा, सहभागीहरूले जीएसईए ग्लोबल फाइनलमा पुग्ने प्रयासमा प्रतिस्पर्धा गर्छन् । आयोजकहरूका अनुसार, विश्वव्यापी विजेतासँग उनीहरूको नेटवर्क बढाउने र १ लाख अमेरिकी डलरको पुरस्कार प्याकेज पाउनेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे