
जुम्ला , माघ ८ । जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेमा ३५ बर्षीया दिपक रोकाया रहेका छन्।
जडीबुटी मिसाएको खाजा खाएर बिरामी हुनेमा ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारस धराला रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
उनीहरुले शनिबार दिउँसो गुन्नाईनु नामको जडीबुटी हालिएको चाउचाउ र सिमीको गेडा खाएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे