
काठमाण्डौ पुष,६।उच्च शिक्षा अध्ययनका लागि बिदेश जाने विद्यार्थीहरुलाई लक्षित गरि भैरहवामा हव इन्टरनेशनल एजुकेशनको शाखा कार्यालय शुभारम्भ गरिएको छ ।
काठमाण्डौमा प्रधान कार्यालय रहेको एजुकेशनको बुटवल, चितवन र पोखरा पछि यो ५ औं शाखा हो ।
भैरहवामा शैक्षिक परामर्शका लागि उत्कृष्ट मानीने रेटी इन्टिच्युट प्रा.लि.का सञ्चालन कृष्ण कुमार जैसवालले यसको शाखा कार्यालय सञ्चालन गरेका हुन् ।
यस क्षेत्रका विद्यार्थीहरुलाई बैदेशीक अध्ययनका लागि परामर्श दिने र विभिन्न देशमा अध्ययनका लागि जान सहजीकरण गर्ने उदेश्यले यसकोे शुभारम्भ गरिएको शाखा प्रमुख कृष्ण कुमार जैसवालले जानकारी दिए ।
जसका लागि आयल्स र पिटि क्लास सञ्चालन गरिएको उनले बताए । यस शाखाबाट अष्टेलिया, न्युजील्याण्ड, यु.के., आयरल्याण्ड, युएस, भारत र क्यानडा गरि ७ देशमा अध्ययनको लागि विद्यार्थीहरु लाई सहजिकरण गरिने उनले बताए ।
भैरहवामा विश्वासिलो कन्सन्टेन्सीको रुपमा स्थापीत गरि विद्यार्थीहरुलाई राम्रो शैक्षिक परामर्श दिने योजना रहेको उनले बताए ।
शाखा उद्घाटन कार्यक्रममा एजुकेशनका ब्रान्च कोडिनेटर प्रमोद खड्का, बुटबल शाखा प्रमुख अशोक पराजुली लगायतको उपस्थिती रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे