
काठमाडौँ, २९ मंसिर । फिफा विश्व कप २०२२ फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् ।
आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्सले फाइनलमा स्थान बनाएको हो । कतारको अल बायत मैदानमा भएको खेलमा फ्रान्सको लागी खेलको चौथो मिनेटमै फरवार्ड हर्नान्डेजले रिबाउन्डबाट आएको बललाई सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ७९औं मिनेटमा रान्दल कोलो मुआनीले वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्ने बित्तिकै गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए ।
यसअघि भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ ।
आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ बजे कतारको लुसिल मैदानमा सुरु हुनेछ ।
यी दुई देशले समान दुई पटक विश्व कपको उपाधि जितेका छन् । फ्रान्सले सन् २०१८ र सन् १९९८ मा तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व कप उपाधि जितेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे