
काठमाडौँ , २२ कात्तिक | प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताएका छन् ।उनले भने , “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ” ।
महानिरीक्षक सिंहले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका हुन् ।
सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु¥याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिए । राष्ट्रिय राजनीतिको दृष्टिले निर्वाचन महापर्व भएकाले त्यस क्रममा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहनु पर्ने भन्दै उहाँले निर्वाचन विथोल्न खोज्नेहरुप्रति अहिल्यै सचेत रहनुपर्ने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे