
काठमाडौँ ,६ असोज | अवैध रुपमा बनेका घर टहरा एवम नक्सा पास बिना बनेका संरचनाहर भत्काउने कार्य शुरु गरेको काठमाडौँ महानगरपालिकाले आज वीर अस्पताल अगाडी बनेका अवैध संरचनाहर भत्काउने कार्य गदैँछ ।
दिउँसो १ बजे वीर अस्पताल अगाडी फार्मेसीहरु संचालन भएका टहराहरु भत्काउन लागिएको पाण्डेले जानकारी दिए ।
बुधबार त्यहाँको टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएको थियो । सोही अनुसार बिहीबार दिउँसो १ बजे डोजरले टहराहरु आज भत्काउने काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी गराए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे