• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

२ घण्टा अघि
२

गृहमन्त्री सुधन गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी

३ घण्टा अघि
३

स्वास्थ्य बीमा बोर्डद्धारा अस्पतालहरूलाई २३ अर्बभन्दा बढी भुक्तानी

३ घण्टा अघि
४

५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द

४ घण्टा अघि
५

महामन्त्रीमा भिड्न तयार छु: मनिष झा

५ घण्टा अघि
६

अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने

५ घण्टा अघि
७

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

७ घण्टा अघि
८

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

७ घण्टा अघि
९

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

७ घण्टा अघि
१०

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

७ घण्टा अघि
११

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

७ घण्टा अघि
१२

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० फागुन १४, सोमबार (२ साल अघि)

मिटरब्याज पीडित भन्छन्, ‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’

  • 2,512 Views
  • काठमाडौँ, १४ फागुन। पर्सागढी नगरपालिका–२ का गरिबमुखिया बिन दम रोगी छन् । उनी छिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्याग्रिंदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम गर्नुपर्ने बेला उनी २३ दिन पैदल हिडेर काठमाडौं आइपुगेका छन् । २५ दिनदेखि उनको दिन र रात सडकमै बितिरहेको छ । चिसोले उनका खुट्टा सुन्निएका छन् पाइताला फुटेका छन् ।

    ‘दमको बिरामी छु, बुढ्यौली लागेर हिड्न सक्दिनँ, यति टाढासम्म आउने पैसा पनि थिएन,’ छिटो–छिटो श्वास फेरिरहेका ६६ वर्षीय गरिबमुखियाले भने, ‘तैपनि साहुबाट मुक्ति पाइने आशाले आन्दोलनमा आएँ, हिड्दा–हिड्दै खुट्टामा फोका उठेका छन् । पैसा थिएन, कहिले खाइयो, कहिले भोकै हिडियो । कति दुःख पाइयो ? त्यो कुरा नगरौँ, बरू यहाँसम्म आइपुगेका हामीलाई सरकारले न्याय दिने हो कि होइन ?’

    सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने गरिबमुखियाका दुई छोरा र दुई छोरी छन् । उनको दैनिकी त मजदुरी गरेर पनि चलेकै थियो । तर छोरीको बिहे गर्ने बेला पैसाको अभाव भएपछि उनी साहु सँग ऋण माग्नुपर्ने बाध्यतामा परे ।

    साहुले धितोबिनै ऋण नदिने भनेपछि आफ्नो भएको १० कठ्ठा जमिन धितो राखेर दुई लाख रुपैयाँ ऋण लिए । २०७० सालमा ऋण लिएर उनले छोरीको बिहे त गरे, तर त्यहीबाट उनको जायजेथोमाथि साहुको शोषण सुरू भयो । बुढ्यौली लाग्दै गरेका उनको अब कमाइ दोब्बर हुने कुरै थिएन । तर साहुले ऋणको रकम कति बेला दोब्बर बनाए, उनले पत्तै पाएनन् ।

    एकैपटक पैसा माग्न साहु घरमा आएपछि मात्रै साहुले ठगी गर्ने नियत राखेको चाल पाएको उनी बताउँछन् । ‘एक बेला साहुले ब्याजसहित साढे ३ लाख रुपैयाँ मागेका थिए,’ उनी भन्छन्, ‘तर मैले ३ लाख ६० हजार रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता दिएनन् । मलाई लेखपढ गर्न आउँदैन । मैले पैसा तिरिरहेँ, साहुले रकम बढाउँदै लगे । पछि त म घरमा नभएको बेला मेरी श्रीमतीलाई १० लाख रुपैयाँ दिएपछि मात्रै जग्गा फिर्ता दिने भन्ने कागजमा सही गराएछन् ।’

    ऋणको रकम तिरिसकेका उनको जग्गा साहुले कब्जा गरिदिएका छन् । उनी भन्छन्, ‘हामी पढेलेखेको छैन, त्यही भएर हामीमाथि ठगी भयो । सरकारले न्याय दिन्छ कि भनेर हामी यहाँसम्म आएका छौँ ।’

    आइतबार भृकुटीमण्डप क्षेत्रमा विरोध ¥याली निस्किदै गर्दा गरिबमुखियाजस्तै पीडा बोकेर लाइनमा उभिएका थिए,महोत्तरीको बग्दागोणीका नगरपालिकाका ६८ वर्षीय लक्ष्मी राउत भेडियार । घरमा छोराछोरीको साथ लागेर आराम गर्ने बेला लक्ष्मी भने साहुको ठगीबाट न्याय माग्न र आफ्नो हकको रक्षा गर्न लौरो टेकेर यहाँसम्म आइपुगेका छन् ।

    उनले पनि गाउँकै साहुबाट छोराको विवाह गर्न र विदेश पठाउन भनेर दुई लाख रुपैयाँ ऋण लिएका थिए । त्यसको ब्याजसमेत उनले ७ लाख रुपैयाँभन्दा धेरै तिरिसके । तर, साहुले धितोमा जम्मा गरेको तीन कठ्ठा जग्गा अझै फिर्ता गरेरन्, उल्टै पैसा मागिरहेका छन् । ‘भएको जायजेथो सबै जग्गा साहुले हडप्यो । म त बुढेसकालमा न यताको, न उताको भएँ,’ उनी भन्छन्, ‘अब मर्ने बेला भइहाल्यो, सरकारले न्याय दिए घर फर्किन्छौँ, नभए यही मर्ने हो ।’

    २५ दिनसम्म सडकमा बिताउनुको दुःख उनी व्याख्या गर्न चाहदैनन् । ‘दुःख त सधैँ छ, हामी त सधैँ सडक दुःखमै छौँ,’ उनी भन्छन्, ‘मुख्य कुरा हामीले साहुको गैरकानूनी ठगीबाट मुक्ति पाउने कि नपाउने भन्ने हो ।’

    रौतहटको गरुडा नगरपालिका–१ की ४० वर्षीय सेहेरा खातुन पनि पैदलै काठमाडौं आइपुगिन् । श्रीमान विदेश छन् । घरमा नाबालक दुई छोराछोरी छोडेर अन्यायविरुद्ध लड्न काठमाडौं आएको उनले बताइन् । उनले गाँउकै जनमल महत्तोबाट ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । त्यसको साँवा र ब्याजवापत् उनले चार वर्ष अघि नै २ लाख ५० हजार रुपैयाँ तिरिसकेकी छिन् ।

    तर ऋण तिरिसकेपछि उनलाई अर्को कागजमा हस्ताक्षर गर्न लगाए । लेखपढ गर्न नजान्ने उनलाई कतिबेला साहुले ऋण थपे, थाहै भएन । साहुले भने अहिलेसम्मको ११ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै मुद्दा लगाएका छन् ।

    ‘सबै पैसा तिरिसक्दा पनि मलाई झुक्याएर कागज गरिदिए, साहुले अहिले ११ लाख रुपैयाँ ऋण तिनुपर्ने भन्छन्, जुन मैले खाएकै छैन, त्यत्रो ऋण कहाँबाट ल्याएर तिर्ने ?’ उनी भन्छिन्, ‘अहिले मुद्दा लगाएपछि त्यही खेपिरहेकी छु ।’

    साहुले पैसा नतिरे जेल पठाउने, बाहिरै रहे ज्यान मार्ने धम्की दिने गरेको उनी गुनासो गर्छिन् ।

    गरिबमुखिया, लक्ष्मी र सेहेरा त प्रतिनिधि पात्र मात्रै हुन्, अहिले यस्तै अनैतिक र गैरकानूनी ठगी र साहुकरहरूको अत्याचारबाट दिक्क बनेका चार हजारभन्दा धेरै किसान र मजदुर कठ्यांग्रिदो चिसोमा कष्टपूर्ण सडक संघर्ष गरिरहेका छन् । माघ १६ गते पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलयात्रा थालेर शुक्रबार काठमाडौं आइपुगेका उनीहरूले शनिबार र आइतबार पनि निरन्तर धर्ना दिए,साहुकरको विरुद्धमा नारा लगाए । आफूहरूको आवाज, साहुकरले गरेको ठगी र अत्याचार सिंहदरबारलाई बुझाउन उनीहरू निरन्तर प्रदर्शनमा उत्रिएका छन् ।

    ऋण लिएको रकम र ब्याज तिरिसक्दा समेत साहुले धितो लिएको जग्गा फिर्ता नदिएर हडपेको देखि साहुले लगाएको झुटो मुद्दामा जेल बसेकाहरू समेत सडकमा उभिएर न्याय मागिरहेका छन् ।

    मिटरब्याजबाट पिल्सिएपछि बृद्धाबृद्धा, महिला, सुत्केरी महिलाहरू समेत न्याय माग्दै लामबद्ध बनेका छन् । कोही खाली खुट्टै दौडिरहेका छन् त कोही अर्धनग्ग भई न्यायको भिख मागिरहेका छन् । उनीहरूको मुहारमा देखिएको निराशा र तडपले सिंहदरबारमा बस्नेहरूलाई गिज्याइरहेको छ । तर, उनीहरूको फाटेको पैतलाले काठमाडौंका चिल्ला सडकमा करोडौँको गाडी चढ्नेहरूलाई भने छोएको छैन ।

    समाजका बुद्धिजीवी र सामाजिक न्यायका पक्षधर भनिनेहरूले उनीहरूको पक्षमा बोलेका छैनन् । सडकमा मिटरब्याजपीडितहरू कष्टपूर्ण संघर्ष गरिरहेका छन्, तर त्यो आवाज सदनमा चर्को गरी सुनिनुपर्नेमा मधुर छ ।

    त्यसो त मिटरब्याजपीडितहरूको आन्दोलन यो पहिलोपटक भने होइन, न त सरकारले कुनै प्रयास नै नगरेको । यसअघि पनि पटक–पटक पीडितहरूले संघर्ष गरेपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

    आयोगमा देशभरिबाट २८ हजार बढी मिटरब्याजपीडितले जाहेरी दिएका छन् । तर आयोगले भने ५ हजार पीडितको समस्या समाधान गरेर बाँकी उजुरीहरु सरकारलाई नै हस्तान्तरण गरेको छ । पीडितहरुका समस्या सम्बोधन गर्न आयोगले दर्जनौँ सुझावहरू समेत दिएको छ, तर सरकारले भने आयोगको प्रतिवेदन नै दराजमा थन्क्याएर बसेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
    २ घण्टा अघि

  • २

    गृहमन्त्री सुधन गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी
    ३ घण्टा अघि

  • ३

    स्वास्थ्य बीमा बोर्डद्धारा अस्पतालहरूलाई २३ अर्बभन्दा बढी भुक्तानी
    ३ घण्टा अघि

  • ४

    ५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द
    ४ घण्टा अघि

  • ५

    महामन्त्रीमा भिड्न तयार छु: मनिष झा
    ५ घण्टा अघि

  • ६

    अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने
    ५ घण्टा अघि

  • ७

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    ७ घण्टा अघि

  • ८

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    ७ घण्टा अघि

  • ९

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    ७ घण्टा अघि

  • १०

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ३

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution