२०८० आश्विन १७, बुधबार
भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । बैतडी र दार्चुलासित जोडिएका नाका भारतले आज देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको छ।
बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगा, तिगरम र सीतापुल नाका साँझ ५ बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । दुवै देशको सहमतिमा नाका बन्द गर्न लागिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे