२०८० आश्विन १४, आईतबार
काठमाडौँ , ४ जेठ | नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । आज (बिहीबार) उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो । रिजालले लामो समय देखि भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए ।
प्रहरीले टोप बहादुर रायमाझी, सन्दीप रायमाझी , टेकनारायण पाण्डे, इन्द्रजित राई, आङ टावा शेर्पा , केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे