
काठमाडौँ , ५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।
प्रतिनिधिसभामा रहेका आफ्ना सबै सांसदहरूलाई पक्षमा मतदान गर्न एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गरेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३८ मत आवश्यक पर्छ। प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, नेकपा ९एकीकृत समाजवादी०का १० ,राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १र१ जना र दुईजना स्वतन्त्र सांसद छन्।
ओलीलाई विश्वास प्राप्त गर्न कांग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि सहजै बहुमत जुट्ने अवस्था छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे