
काठमाडौँ, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक भएको बताए ।
अध्यक्ष दाहालले कर्माचार्यले सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा नछोडेको उल्लेख गर्दै आउँदो पुस्ताले पनि उहाँलाई पछ्याइरहनुपर्ने बताए । आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनैपनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुछिएको बताउनुभयो । उनले सरकारबाट विजयी र बेदाग भएर निस्किएको दाबी गरेका छन्। उनले भने, ‘हामीलाई कुनै त्यस्तो ठूलो न ओम्नी, न गिरिबन्धु, न भूटानी हामी त्यस्ता कुनै दागरहित होइन ती गतिविधिविरूद्ध संघर्ष गर्दागर्दै निस्किनु परेको कुरा जनताले बुझेको छ।’ उनले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए ।
अध्यक्ष दाहालले बिचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै बिचौलियकै पक्षमा सरकारले काम गर्ने बताए । उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए । उनले भने , “मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो । स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो । सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भएपछि सकारका काम भएनन्” ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे