
काठमाडौँ, २० बैशाख । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका लैजाने भन्दै करौडौ असुलेको आरोपमा मुछिएका पाण्डेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो।
आफूमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी स्रोतले जनाएको छ।
अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो ।
गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएको थियो ।
उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे