
काठमाडौँ , ८ माघ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बस्ने भएको हो । आज वामदेव गौतमलाई औपचारिक रुपमा पार्टीमा स्वागत गर्ने तयारी गरेको छ। बैठकमा पछिल्ला समसामयिक राजनीति विषयवस्तुमाथि छलफल हुनेछ । साथै संसदको हिउँदे अधिवेशन, पार्टी प्रवेश गर्ने नेताहरुको बारेमा निर्णय लिइने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा उनलाई स्वागत गर्न लागिएको हो। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका गत शुक्रबार मात्रै एमालेमा फकेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे