
काठमाडौँ , ५ कात्तिक । नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले एमालेको चिन्ता अरू पार्टीहरुले लिनुनपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर महासचिव पोखरेलले एमालेले गरेको निर्णयको आलोचना र चिन्ता अरू पार्टीका नेता कार्यकर्ताहरूले लिनुनपर्ने बताएका हुन्। उनले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले भन्दा पनि आवधिक निर्वाचनले गर्ने र एमाले त्यसका लागि हरदम तयार रहेको पनि बताएका छन्।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दानमा लिने निर्णयबारे सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमा यस्तो लेखेका हुन् ।
उनले लेखेका छन् , नेकपा ९एमाले० लाई कस्तो बनाउने नेकपा ९एमाले० जनलाई नै छोडिदिनु न। जनता के चाहन्छरु र राष्ट्रको आवश्यकता के होरु नेकपा ९एमाले० लाई राम्ररी थाह छ। त्यही भएर नै नेकपा ९एमाले० आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे