
काठमाडौँ , फागन २० । सत्तारुढ दल नेकपा एमालेले भोलि ९बुधबार० बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । बुधवार प्रतिनिधि सभा बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि पेस हुने भएकाले नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका छन्। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थितीको निर्देशन दिएका छन्। मङ्गलवार उनले सबै सांसदलाई मोबाइल फोनमा सन्देश पठाएर बैठकमा उपस्थित हुन आग्रह गरे। यसैगरी, एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि सांसदहरूलाई बैठकमा उपस्थित हुने ह्विप जारी गरेका छन्।
सरकारले हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश जारी गरेको थियो, तर राष्ट्रिय सभामा बहुमत नजुटेपछि ती अध्यादेशहरू अघि बढ्न सकेका थिएनन्। सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ । हाल भूमि सम्बन्धी अध्यादेशमा असहमतिका कारण रोकेको छ, र पाँच वटा अन्य अध्यादेश स्वीकृत गर्नको लागि सहमति जुटाइँदै छ। भूमि अध्यादेश प्रतिस्थापन विधेयकको रूपमा ल्याएर फिर्ता लिने तयारी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे