• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ४, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

१ घण्टा अघि
२

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

१ घण्टा अघि
३

खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन

२ घण्टा अघि
४

चुनौतीबीच लगानी विविधीकरणतर्फ नागरिक लगानी कोष अग्रसर

४ घण्टा अघि
५

लारिजानीको मृत्युपछि इरानको मिसाइल प्रहार, क्षेत्रीय तनाव चर्कियो

४ घण्टा अघि
६

मल खरिदमा अर्बौँ खर्च, लेखाङ्कनमा गम्भीर गडबडी

९ घण्टा अघि
७

अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

२३ घण्टा अघि
८

विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना

१ दिन अघि
९

नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

१ दिन अघि
१०

ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित

१ दिन अघि
११

वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?

१ दिन अघि
१२

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०७९ माघ २, सोमबार (३ साल अघि)

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

  • 2,346 Views
  • पोखरा, माघ २  । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौं जानुभएको थियो । पदाधिकारीको बैठक सकेर आइतबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो ।

    प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उड्नुभएको थियो ।

    “आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवः माघे सङ्क्रान्तिमा परिवारसँग मनाउने योजनापछि उहाँले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ”, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भन्नुभयो ।

    पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन । “आइतबार बिहान काठमाडौंबाट ‘गुड मर्निङ बुढी’ भन्दै म्यासेजको रिप्लाइ आएको रहेछ”, बहिनीलाई सम्हालिरहनुभएकी पौडेलकी दिदीसासू अजिता अधिकारीले भन्नुभयो, “सम्भवतः हतारमा बिहान आउँदैछु भन्ने खबर गर्न नपाएको हुनसक्छ ।”

    यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा हुनुहुन्थ्यो भन्ने हेक्का थिएन । दिउँसोको टिकट काट्नुभएको भन्दै उहाँ श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा हुनुहुन्थ्यो ।

    सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमानको नाम देखेपछि भने उहाँको मनको शङ्का बढ्दै गएको थियो । जब पटकपटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शङ्का यथार्थमा बदलिदियो । दुर्घटनापछि श्रीमान् खोज्दै अस्पताल पुग्नुभएकी उहाँ बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न लैजानुपरेको थियो ।

    आइतबार साँझ ६.३० बजेसम्म उहाँलाई अस्पतालबाट घर फर्काइसकिएको थियो । कोठाका भित्ताभरी टाँगिएका श्रीमानका तस्बिर हेर्दै उहाँ एकोहोरो रोइरहनुभएको थियो । टेबुलमाथिको पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेका श्रीमानको तस्बिरलाई हेरेर उहाँ निकैबेर रुनुभयो ।

    “कस्तो मान्छे होला, अहिलेसम्म नआउने, बिरामी हुँदा त आउनुपर्छ नि, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको ?” श्रीमानको तस्बिरसँग उहाँले गुनासो गर्नुभयो । उहाँको ती शब्दले वरिपरि बसिरहेका आफन्त शुभचिन्तकको आँखा रसाइरहेको थियो ।

    “ज्वाइँ काठमाडौंमै भएकाले माघको ५/६ गतेतिर श्रीमतीलाई उतै बोलाउने भन्ने पनि कुरा भएको रहेछ”, पत्रकार पौडेलकी दिदीसासू अधिकारीले भन्नुभयो, “माघ ९ गतेको ‘एनिभर्सरी’ उतै मनाउने योजना उहाँहरुको थियो ।”

    आइतबार साँझसम्म घरमा मानिसको भिड लागिसकेको थियो । तल्लो तलामा श्रीमती र माथिल्लो तलामा आमालाई सम्झाउनेलाई सम्हाल्न गाह्रो भइरहेको थियो । “मलाई त काठमाडौँ गएको भन्ने पनि थाहा थिएन, म जाने बेलामा अघि लागेर आफैँ गयो”, रुँदै गरेकी पौडेलकी आमाले भन्नुभयो, “कतै जाँदा सधैँभरि खबर गर्ने छोराले खोइ किन हो तर यसपालि गरेन ।”

    सानै उमेरदेखि पत्रकारितामा होमिनुभएका पौडेल सानैदेखि मिहेनती हुनुहुन्थ्यो । पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक)का अनुसार पौडेलले १५/१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गर्नुभएको थियो ।

    “मैले जनप्रियमा ७ कक्षादेखि १० कक्षासम्म पढाएँ, निकै टाठो र मेहनती थियो”, उहाँले भन्नुभयो, “माओवादीप्रति झुकाव राख्ने भएकाले सेना र प्रहरीको निगरानी थियो । मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ । त्यसअघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिए ।”

    छोटो समयमा निकै प्रगति गरी आफूलाई स्थापित गर्न सफल पत्रकार पौडेल सबैलाई सहयोग गर्ने स्वभावको भएको उहाँले बताउनुभयो । आफूलाई पनि बेलाबेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, भेट्न आउने गरेको उहाँले स्मरण गर्नुभयो । घटनाले आफूलाई निकै मर्माहत बनाएका साथै पत्रकारिता जगतमै अपूरणीय क्षति भएको उहाँको भनाइ छ ।

    उमेरले ३७ वर्ष पुग्नुभएका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसक्नुभएको थियो ।

    पौडेलले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गर्नुभएको थियो । विसं २०७५ मा विवाह गर्नुभएका पौडेलका एक छोरा पनि हुनुहुन्छ । पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहनुभएका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

    स्वर्गीय पौडेलको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उहाँको सम्झनामा नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस युनियन, प्रेस चौतारीलगायतका विभिन्न सङ्घसंस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन् ।

    पौडेलको पार्थिव शरीरलाई आजै पत्रकार महासङ्घ कास्कीको कार्यालयमा ल्याएर श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेका पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस
    १ घण्टा अघि

  • २

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड
    १ घण्टा अघि

  • ३

    खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन
    २ घण्टा अघि

  • ४

    चुनौतीबीच लगानी विविधीकरणतर्फ नागरिक लगानी कोष अग्रसर
    ४ घण्टा अघि

  • ५

    लारिजानीको मृत्युपछि इरानको मिसाइल प्रहार, क्षेत्रीय तनाव चर्कियो
    ४ घण्टा अघि

  • ६

    मल खरिदमा अर्बौँ खर्च, लेखाङ्कनमा गम्भीर गडबडी
    ९ घण्टा अघि

  • ७

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव
    २३ घण्टा अघि

  • ८

    विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना
    १ दिन अघि

  • ९

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण
    १ दिन अघि

  • १०

    ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ३

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ४

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा
    ५

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा
    ६

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution