
काठमाडौँ, १० बैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। उनी भोली मङ्गलबार दुई दिने भ्रमणमा आउन लागेका हुन् ।
अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स, र बङ्गलादेशको भ्रमण सकेर मंगलबार काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौंस्थित कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्ने तय भएको छ । काठमाडौंमा रहँदा नेपाल र कतारवीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बुझिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे