
काठमाडौँ , २७ चैत । आजको मौसम पूर्वानुमान अनुसार, देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहनेछ। साथै, बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको पनि प्रभाव रहेको छ। लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने, बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ।
आजको दिन कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा, हिमपात र तुवाँलोको कारण स्वास्थ्य, कृषि, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुँदा नागरिकलाई सतर्क रहन र आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसले दैनिक जनजीवनमा पनि प्रभाव पार्न सक्छ, त्यसकारण सबैलाई आवश्यक सुरक्षा उपायहरूको पालना गर्न सुझाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे