
काठमाडौँ , २२ चैत । देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव जारी रहेको छ। वर्तमानमा कोशी, मधेश र बागमती प्रदेशका साथै पहाडी क्षेत्रहरूमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहेको छ। आज दिउँसो, पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ, भने अन्य भू–भागमा मौसम सफा रहनेछ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा हल्का वर्षा र चट्याङको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राति, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तो मौसमले दैनिक जनजीवन, कृषि, सडक र हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे