
काठमाडौँ , १० चैत । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ। वर्तमानमा कोशी र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ, भने बागमती र मधेश प्रदेश लगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ, जबकि बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशमा आंशिक बदली रहने र केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे