
काठमाडौँ , २९ माघ । नेपाल मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको अनुसार आज बिहान देशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ, जबकि अन्य भागहरूमा मौसम प्रायः सफा रहेको छ।
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले दिउँसोको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ, र अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहनेछ। महाशाखाका अनुसार, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
यसैबीच, महाशाखाले बिहानीपख तराईका क्षेत्रहरूमा हुस्सु र कुहिरो लाग्न सक्ने संकेत दिएको छ, जसले गर्दा दैनिक जीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पुर्याउन सक्छ। त्यसकारण, यसबाट हुने संभावित असरबाट बच्नका लागि महाशाखाले सतर्कता अपनाउन र आवश्यक उपायहरू लिन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे