
काठमाडौं, २५ चैत । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहने छ। सोमबार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी, यी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। मौसममा वर्षाको कमीले सुख्खापन, आगलागी र वायु प्रदूषण बढ्न सक्ने चेतावनी दिइएको छ। यसबाट स्वास्थ्य, कृषि, सडक र हवाई यातायातमा असर पर्ने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे