
काठमाडौं। हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ, जबकि बाँकी भू–भागको मौसम प्रमुखतया सफा रहेको छ।
आज दिउँसोको मौसममा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली हुने अनुमान गरिएको छ, र बाँकी भू–भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू–भागको मौसम सफा रहनेछ। विशेषगरी, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकोले यसबाट हुन सक्ने असरबाट बच्न महाशाखाले सतर्कता अपनाउन अपिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे