
काठमाडौँ, १२ चैत । देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको र अन्य स्थानहरूमा मौसम सफा रहेको बताएको छ।
महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रहने छ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।
आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, जबकि अन्य स्थानहरूमा मौसम सफा रहने छ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे