
काठमाडौं । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको अनुसार, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ, जबकि बाँकी भू–भागमा मौसम मुख्यत: सफा छ।
आज दिउँसो देशभर आंशिक बदलीसँगै मौसम सामान्यत: सफा रहनेछ। गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावनासमेत छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यत: सफा रहनेछ। गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना देखिएको छ। कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी समेत चल्ने संभावना रहेकोले जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे