
काठमाडौं। हाल देशमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ। वर्तमानमा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ भने अन्य भूभागमा मौसम प्रायः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश र पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ, जबकि बाँकी भू–भागमा मौसम सफा रहनेछ। एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुन सक्नेछ।
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि आंशिकदेखि साधारणतया बदली रहनेछ, र बाँकी भू–भागमा मौसम सफा रहने अपेक्षा गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएका छन्।
यस मौसमको प्रभावले दैनिक जीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्छ, त्यसैले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे